२७ असार २०८३, शनिबार

अमेरिकाको निद्रा उडाउने चेतावनी दिएलगत्तै उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र परीक्षण

चैत ११, २०७७
अमेरिकाको निद्रा उडाउने चेतावनी दिएलगत्तै उत्तर कोरियाले गर्‍यो क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्रहरू प्रक्षेपण गरी अमेरिकाका राष्ट्रपति जो बाइडनको परराष्ट्रनीतिलाई चुनौती दिएको छ । 
 

बाइडन प्रशासनका एक वरिष्ठ अधिकारीले गत सप्ताहान्तमा क्षेप्यास्त्र परीक्षण गरिएको पुष्टि गरे । कूटनीतिक संवाद निष्क्रिय रहेको पनि उनले बताए । 

क्षेप्यास्त्र परीक्षणको खबर सर्वप्रथम वाशिङटन पोस्टले दिएको थियो । अमेरिका र दक्षिण कोरियाका सैनिकहरूले संयुक्त अभ्यास गरेलगत्तै यी परीक्षण गरिएका हुन् । उत्तर कोरियाले संयुक्त अभ्यासलाई पहिलेदेखि नै आपत्ति जनाउँदै आएको छ । 

एक हप्ताअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी यो जोङले अमेरिका आगामी चार वर्ष शान्तिका साथ सुत्नुछ भने गन्दे क्रियाकलाप नगर्न चेतावनी दिएकी थिइन् । 

अमेरिकी अधिकारीहरू दक्षिण कोरियाको राजधानी सौलमा पुगेलगत्तै यो जोङको प्रतिक्रिया आएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्