३१ असार २०८३, बुधबार

अरब सागरमा इजरायलको जहाजमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण, बढ्यो पश्चिम एसियामा तनाव

चैत १३, २०७७
अरब सागरमा इजरायलको जहाजमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण, बढ्यो पश्चिम एसियामा तनाव

इजरायल र इरानबीच तनावपूर्ण सम्बन्ध चलिरहँदा अरब सागरमा इजरायलको एक मालवाहक जहाजमा इरानले क्षेप्यास्त्र प्रहार गरेको इजरायलका एक अधिकारीले जनाएका छन् । 

रोयटर्स समाचार संस्थाका अनुसार, जहाज तान्जानियाबाट भारततिर गइरहेको थियो । क्षेप्यास्त्र प्रहारले जहाजलाई खासै हानि त गरेन र जहाज यात्रा गरिरहेकै छ । 

जहाज निकै सुस्त गतिमा गइरहेको तर तीन घन्टापछि त्यसले सामान्य गति हासिल गरेको बताइएको छ । 

फेब्रुअरी महिनामा पनि गल्फ अफ ओमानमा इजरायली जहाजमा आक्रमण गरिएको थियो । एमभी हेलियोस रे नामक जहाजमा आक्रमण हुँदा इजरायलले इरानमाथि दोषारोपण गरेको थियो । इरानले आरोप अस्वीकार गरेको थियो । 
इरान र इजरायलबीचको तिक्ततापूर्ण सम्बन्ध विगत केही समययता झनै चर्किएको छ । केही मसयपहिले इजरायलका रक्षामन्त्री बेनी गान्जले इरान आणविक हतियार बनाइरहेमा इजरायलले उसको आणविक भट्टीमा आक्रमण गर्ने बताएका थिए । कसैको सहयोग नलिइकनै इरानमाथि आक्रमण गर्ने पनि उनको भनाइ थियो । 

उता इरानका रक्षामन्त्री अमीर हातमीले इजरायल आक्रमण गर्ने सोच राख्छ भने पनि तेल अभिभ जस्ता प्रमुख शहरहरूलाई आफूहरूले बर्बाद गरिदिने धम्की दिएका थिए । देशको रक्षा गर्ने हतियारहरू इरानसँग रहेको उनले बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्