
इन्डियन आइडल १२ ले लेट एक्टर ऋषी कपूरलाई समर्पित विशेष एपिसोड आयोजना गरेको थियो।
ऋषी कपूरको क्यारियरको सम्मानका लागि उनकी पत्नी नीतु कपूरलाई मुख्य पाहुनाका रूपमा आमन्त्रित गरिएको थियो।
कार्यक्रममा उनका विशेष साथी जीतेन्द्र, राकेश रोशन, र प्रेम चोप्राद्वारा विशेष भिडियो सन्देशहरू पनि नीतु लाई देखाइएको थियो ।
अभिनेत्री नीतूले सहकर्मीको भिडियो सन्देशहरू देखेपछि आँसु थाम्न सकिन् ।
भर्खरै, नीतू कपूरले न्यू योर्कमा ऋषी कपूरसंगको थ्रोब्याक भिडियो पोस्ट आफ्नो सामाजिक संजाल मार्फत गरेकी थिइन् ।