०४ असार २०८३, बिहीबार

काठमाडौं फेरि बन्यो संसारकै सबैभन्दा बढी प्रदूषित शहर

काठमाडौं फेरि बन्यो संसारकै सबैभन्दा बढी प्रदूषित शहर

शुक्रवार काठमाडौं संसारकै सबैभन्दा बढी प्रदूषित बनेको छ ।

वातावरणसम्बन्धी जानकारी दिने आइक्यू एयर डटकमका अनुसार, काठमाडौंमा शुक्रवार सबैभन्दा बढी प्रदुषण भएको हो । 

शुक्रवार दिउँसोदेखि नै काठमाडौंको वातावरण धुम्म बनेको थियो । दिउँसो २ बजेपछि भने वातावरण अत्याधिक प्रदूषित बन्न पुग्यो ।

वायु प्रदूषणले भिजिविलिटी कम हुँदा अन्तराष्ट्रिय तथा आन्तरिक उडान नै प्रभावित भएको छ । 

आईक्यूएयरका अनुसार, काठमाडौंको एक्यूआई इन्डेक्स १९३ पुगेको छ । 

यसअघि पनि काठमाडौं धेरै प्रदुषण हुने शहरमा अग्रस्थानमा रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्