झुटा तथा नक्कली मूल्यअभिवृद्धि कर विजक प्रयोग गरी राजश्व छली गर्ने विभिन्न ५ फर्मविरुद्ध राजश्व अनुसन्धान विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
विभागले शुक्रवार ५६ करोड ९ लाख ४० हजार ८ सय ९६ रुपैयाँ विगो असुल गरी सो फर्महरूका सञ्चालक तथा बैंक खाता सञ्चालकहरूलाई जरिवाना र कैद मागदावी गर्दै मुद्दा दर्ता गरेको हो ।
विभागका अनुसार, पर्साको पर्सागढी नगरपालिका ४ बस्ने ओम श्रीराम इटरप्राइजेजका प्रोपाइटर बीरैन्द्र राम चमारबाट २७ करोड ६३ लाख ४० हजार ७ सय २५ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी गरिएको छ
हजाराले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजी गरी प्रपञ्च रची मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।
यस्तै झुट्टा तथा नक्कली मु.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने सिराहा बारा, करैयामाई गाँउपालिका -७ बस्ने एभरेष्ट नेपाल ट्रेड कन्सर्नको प्रोप्राइटर महेश हजाराबाट १० करोड १२ लाख ७५ हजार ३ सय ९५ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी गरि विभागले मुद्दा दर्ता गरेको छ ।
हजाराले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी लिई सो बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराई जालसाजी गरी प्रपञ्च रची मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ ।
यस्तै महोत्तरी, पिपरा गाँउपालिका-५ बस्ने द भिजन इन्टरप्राइजेजका प्रोप्राइटर दुर्गेश कुमार झा तथा उक्त फर्मको बैंक खाता सञ्चालक नसिब कुमार झाबाट १० करोड १० लाख ३१ हजार ३ सय २७ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी गरी विभागले मुद्दा दर्ता गरेको छ ।
यस्तै पर्सा, बिरगंज उपमहानगरपालिका -३१ बस्ने गुरू गणेश इम्पोर्ट एण्ड एक्सपोर्ट प्रा.लि. को सञ्चालक शुरेश सहनी मलाह तथा उक्त फर्मको बैक खाता सञ्चालक राम प्रसाद महतो समेतबाट ७ करोड ७९ लाख ४५ हजार ८ सय १९ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावीसहित विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका - ७ बस्ने एनआइसी ट्रेडर्सको प्रोप्राइटर भुपेन्द्र कार्की तथा उक्त फर्मका बैक खाता संचालक गोपाल प्रसाद भट्टराई समेत २ जनाबाट ४३ लाख ४७ हजार ६ सय ३० विगो असुल गरी जरिवाना र कैद मागदावी सहित विभागले मुद्दा दर्ता गरेको छ ।