०३ असार २०८३, बुधबार

जोशीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमायोः देउवा

जोशीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमायोः देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेता नवीन्द्रराज जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । देउवाले ट्वीटरमार्फत पार्टीका नेता, कुशल संगठक एवंम पूर्वमन्त्री जोशीको असामायिक निधनको खबरले आफू मर्माहित भएको बताएका छन् । ‘जोशीजीको निधनले काँग्रेसले एक इमान्दार र निष्ठावान नेता गुमाएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु’, देउवाले भनेका छन् ।

फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गराइरहेका नेता जोशीको शुक्रबार साँझ ८ः२४ बजे निधन भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्