०३ असार २०८३, बुधबार

म्यान्मारमा जनता मरिरहँदा सेना चाहिँ पार्टीमा मस्त

चैत १५, २०७७
म्यान्मारमा जनता मरिरहँदा सेना चाहिँ पार्टीमा मस्त

म्यान्मारमा शनिवार सैनिक शासकहरूले १०० भन्दा बढी प्रदर्शनकारीहरूको हत्या गरिरहँदा सेनाप्रमुख मिन आङ ह्लाइङ तथा अन्य अधिकारीले भव्य पार्टी आयोजना गरेर मस्ती गरेका छन् । 

शनिवार सशस्त्र बल दिवसको अवसरमा उनीहरूले पार्टी गरेका हुन् । 

उनीहरू भोजमा रमाइरहँदा १०० भन्दा बढी मानिस अनाहकमा मारिएका थिए । गत फेब्रुअरी १ मा सेनाले कू गरेपछि भएका विरोध प्रदर्शनमा मर्नेको संख्या ४०० नाघिसकेको छ । 

बेलायत, अमेरिका, जापान र अस्ट्रेलिया लगायतका एक दर्जन मुलुकका रक्षामन्त्रीहरूले आइतवार एक संयुक्त विज्ञप्ति प्रकाशन गरेर म्यान्मारको सेनाको हिंस्रक गतिविधिको भर्त्सना गरेका छन् । 
 

विज्ञिप्तमा लेखिएको छ, ‘व्यावसायिक सेनाले अन्तर्राष्ट्रिय मापदण्ड अनुकूलको आचरण गर्छ र जनतालाई हानि नभई सुरक्षा गर्छ ।’

सबै मुलुकले म्यान्मारको कूको विरोध गरिरहेको भए पनि चीन र रुसले गरेका छैनन् । त्यसैले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमार्फत म्यान्मारको सेनामाथि कारवाही गर्न गाह्रो छ । 

salt training

कमेन्ट गर्नुहोस्