०२ असार २०८३, मंगलबार

होलीको दिन दिनभरी नै कडा चेकजाँच

होलीको दिन दिनभरी नै कडा चेकजाँच
फाइल फोटो

होली पर्वमा अवाञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ ।

ट्राफिक प्रहरीले अवाञ्छित गतिविधि, दुर्घटना र कोरोना महामारीलाई ध्यानमा राखेर आज बिहानै देखि सवारी चेकिङलाई कडाई गरेको हो ।

काठमाडौं उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने लागयतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ ।

सरकारले पनि कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरुमा भिडभाड नगर्न र होली नखेल्न आग्रह गरेको छ ।

हिमाली र पहाडी जिल्लाहरुमा आज होली पर्व मनाइँदै छ भने तराईमा भोली मनाइन्छ । 

salt training

कमेन्ट गर्नुहोस्