२८ जेठ २०८३, बिहीबार

फिफा विश्वकप छनौट : फ्रान्सले पहिलो जित

चैत १६, २०७७
फिफा विश्वकप छनौट : फ्रान्सले पहिलो जित

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा फ्रान्सले पहिलो जित निकालेको छ ।

आइतबार भएको खेलमा काजकिस्तानलाई २-० ले पराजित गर्दै फ्रान्सले पहिलो जित निकालेको हो ।

काजकिस्तानको मैदानमा खेलको २० औं मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए ।

खेलको ४४ औं मिनेटमा सेर्जीय माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले २-० को जित निकालेको हो ।

यस्तै खेलको ७५ औं मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस जितसँगै समूह 'डी' को फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । फ्रान्स शीर्ष स्थानमा रहेको छ ।

पहिलो खेलमा फ्रान्स युक्रेनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

अंक विहीन काजकिस्तान पुछारमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्