३१ जेठ २०८३, आइतबार

बाग्लुङ घटना अमानवीय र शंकास्पद छ, सरकारले तीब्र अनुसन्धान गरोस् : कांग्रेस

बाग्लुङ घटना अमानवीय र शंकास्पद छ, सरकारले तीब्र अनुसन्धान गरोस् : कांग्रेस

होली खेल्ने क्रममा बाग्लुङमा भएको झडपमा आफ्नो कार्यकर्ताको पनि मृत्यु भएको भन्दै नेपाली कांग्रेसले घटना शंकास्पद देखिएको बताएको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमवार एक विज्ञप्ति जारी गर्दै प्रहरी अनुसन्धानलाई तीब्र बनाएर दोषी उम्कन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

आइतवार गुल्मी र प्युठानसँगको सिमाना बल्देधुरीमा होली खेल्ने क्रममा झडप हुँदा प्रकाश कुँवर र दिपक नेपालीको मृत्यु भएको छ । 

कांग्रेसले भनेका छ,‘कुँवर नेपाली काँग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् ।’

कांग्रेसले दुवै युवाको मृत शरीर भिरबाट करिब ४ सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको स्थिती देखिएको भन्दै अनुसन्धान तीब्र बनाउन सरकारसँग माग गरेको छ । 

कांग्रेसले सो घटना अमानवीय र निन्दनीय भएको समेत जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्