२८ जेठ २०८३, बिहीबार

शिक्षा मन्त्रालयको स्कूल बन्द गर्ने निर्णय नगरपालिकाले नमान्ने, खुलै राख्न सूचना

शिक्षा मन्त्रालयको स्कूल बन्द गर्ने निर्णय नगरपालिकाले नमान्ने, खुलै राख्न सूचना

वायु प्रदूषणको कारण देखाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय आगामी शुक्रवारसम्म बन्द गर्ने निर्णय गरेपनि तनहुँको भिमाद नगरपालिकाले विद्यालय खुलै राख्ने सूचना जारी गरेको छ ।

नगर क्षेत्रमा हालसम्म वातावरणीय असहज अवस्था नभएकाले विद्यालय खुलै राख्न सूचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले लोकान्तरलाई जानकारी दिए ।

शाखा अधिकृत टेकावती ढकालद्वारा जारी सूचनामा ‘विद्यालयहरू नियमित रूपमा सञ्चालन गर्नु गराउनु हुन’ सूचित गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्