२३ जेठ २०८३, शनिबार

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बित

नेकपा एमालेले नेता माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बित गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवैलाई पार्टी हित विपरीत काम गरेको आरोप लगाउँदै निलम्बित गरेका बालुवाटार स्रोतले जनाएको छ ।

यसअघि दुवै नेतालाई पार्टी केन्द्रीय कमिटीले स्पष्टीकरण सोधेको थियो ।

चैत्र ७ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले नेता नेपालसहित ४ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोधेको केही दिनमा नेपाल र रावलले जवाफ पठाएका थिए ।

नेता नेपालले दम्भ र व्यक्तिगत स्वार्थको शिकार बनेको आरोप ओलीमाथि लगाएका थिए । नेता नेपालको स्पष्टीकरणप्रति एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाएका थिए ।

शनिवार लोकान्तरसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले स्पष्टीकरण जवाफको सट्टा उल्टै प्रश्न गरेको भन्दै असन्तुष्टि जनाएका थिए । १५ वर्ष एमालेको नेतृत्व गरेका नेपाल माथिको कारवाहीपछि एमाले विवाद नयाँ मोडमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्