०५ साउन २०८३, मंगलबार

बंगलादेशलाई २–१ ले पराजीत गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

बंगलादेशलाई २–१ ले पराजीत गर्दै थ्री नेसन्स कप फुटबलको उपाधि नेपाललाई

चीर प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरेको थियो । 

नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा सुजन राई र दोस्रो गोल ४१ औं मिनेटमा विशाल राईले गरेका थिए । बंगलादेशका तर्फबाट १० नम्बर जर्सीका खेलाडीले ८२ औं मिनेटमा पहिलो गोल गरेका थिए । 

फुटबल प्रतियोगिताको फाइनल गेम हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए । ओलीले पूरै समय गेम हेरेर बसेका थिए । नेपालले गोल गरेपछि ओलीले उठेर ताली बजाएका थिए 
 

salt training

कमेन्ट गर्नुहोस्