×

नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु

चैत १६, २०७७

 राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारका लागि रुख काट्न शुरु गरिएको छ ।

    मध्यवर्ती क्षेत्रमा पर्ने सडकका दुवै किनाराका रुख काट्न शुरु गरिएको हो । जिल्ला वनअन्तर्गत पर्ने स्थानका रुखहरु काट्ने काम सकिएको भए पनि कानूनी अड्चनका कारण मध्यवर्ती क्षेत्रमा पर्ने रुख काट्ने काम हुन सकेको थिएन । मन्त्रिपरिषद्बाट निर्णय भएपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले रुख काट्नका लागि अनुमति दिएलगत्तै सडक विस्तारका लागि आवश्यक पर्ने रुख काट्न शुरु गरिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको खण्ड ‘क’का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।


Advertisment

    सो सडकखण्डको कावासोतीबाट गैँडाकोटको थुम्सीसम्मको सडकको दक्षिणतर्फ रहेका वन मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले रुख काट्ने काम प्रभावित हुँदै आएको थियो । अनुमति पाएपछि अहिले केहीदिन अगाडिदेखि थुम्सी तथा कावासोतीको जङ्गलमा रुख काट्ने काम भइरहेको उनले जानकारी दिए ।


Advertisment

    जङ्गलबाहेक अन्य क्षेत्रमासमेत सडकबाट ५० मिटर दक्षिणतर्फका रुखहरु मध्यवर्तीमा पर्ने भएकाले सबै रुख काट्ने काम हुन सकेको थिएन । सूचना अधिकारी आचार्यले मध्यवर्ती क्षेत्रमा पर्ने करिब चार हजार रुख काट्ने काम भइरहेको जानकारी दिए । ३० सेन्टिमिटर गोलाइ वा सोभन्दा बढी गोलाइ भएका रुखहरुको छपान (नम्बर लगाउने काम) भएर काट्ने काम भइरहेको उनको भनाइ छ ।

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x