१३ असार २०८३, शनिबार

आजको मौसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसमः देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली  एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

विभागले मंगलबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा  रहने अनुमान गरेको छ । यस्तै पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
 
यस्तै राति पनि पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहनु बाहेक अन्य स्थानमा दिउँसोको जस्तै मौसम हुनेछ ।
यस्तै काठमाडौंसहित देशभर तुवाँलोले वायुमण्डल ढाकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्