३० असार २०८३, मंगलबार

प्रचण्डलाई सूर्य थापाको कटाक्ष– पुनरवलोकनको रोइलो सकिएको छ, अब सम्हालिनुस् !

प्रचण्डलाई सूर्य थापाको कटाक्ष– पुनरवलोकनको रोइलो सकिएको छ, अब सम्हालिनुस् !

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गरेका छन् ।

नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला पुनरवलोकनका लागि सर्वोच्चले अनुमति नदिएपछि थापाले प्रचण्डलाई सम्हालिन सुझाव दिएका छन् ।

'लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ । निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ- सम्हालिनुहोस् र राजनीति गर्नुहोस्,' थापाले लेखेका छन् ।

उनले आफैंले भाँड्न चाहेको एकता कति प्यारो भएको भन्दै प्रश्न पनि गरेका छन् । 

हेर्नुहोस्, थापाको ट्वीट :


 

salt training

कमेन्ट गर्नुहोस्