३१ जेठ २०८३, आइतबार

बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन

चैत २०, २०७७
बिमिस्टेक बैठकः म्यान्मा विषयले प्रवेश नै पाएन

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक) मन्त्रीस्तरीय बैठकमा म्यान्मा विषयले प्रवेश नै पाएन ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमिस्टेक) सदस्य मुलुकको १७औं परराष्ट्रमन्त्री स्तरीय बैठकमा म्यान्मामा भएको नरसंहार विषयमा कुनै पनि मुलुकका परराष्ट्रमन्त्रीले कुरै नउठाएका हुन् ।

बिमिस्टेक अध्यक्ष श्रीलंकाले भर्चुअल माध्यममार्फत गरेको बैठकमा विशेषतः पा“चौं शिखर सम्मेलन तयारीबारे छलफल भएको छ । सम्मेलन यसै वर्ष नोभेम्बरमा गर्ने तयारी छ ।

श्रीलंकाको आयोजनामा भएको भर्चुअल बैठकमा विशेषगरी आपराधिक मामिलामा पारस्परिक कानुनी सहयोगसम्बन्धी बिमिस्टेक सम्मेलन, कोलम्बो, श्रीलंकामा बिमिस्टेक टेक्नोलोजी ट्रान्सफर सुविधा (टीटीएफ) स्थापना र बिमिस्टेक सदस्य राष्ट्रका कूटनीतिक प्रतिष्ठान÷प्रशिक्षण संस्थाबीच पारस्परिक सहयोग आदानप्रदान विषयमा छलफल भएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गरिबी र भोकमरीविरुद्ध लड्ने, रोजगारी सुनिश्चितता र जनजीविका दिगो स्रोत विषयमा धारणा राखेका छन् । गतिशील अवस्थामा मात्रै बिमिस्टेकले विकास र समृद्धिलाई जोड दिन सक्ने उनले बताए । एलएलडीसी विशेष आवश्यकता ध्यानमा राखी जोड, ऊर्जा, व्यापार, लगानी, पर्यटन, र कृषि क्षेत्रतर्फ आकर्षित हुनुपर्नेमा समेत ज्ञवालीले जोड दिएका छन् ।

क्षेत्रीय निकाय अगाडि बढाउन सदस्य राष्ट्रको राजनीतिक इच्छाशक्ति र प्रतिबद्धता आवश्यक रहेको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले जनजीवनमा सकारात्मक परिवर्तन ल्याउने कोर्सको चार्टिङ गर्नुपर्नेमा जोड दिए । विदेश प्रतिनिधिमण्डल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल र विदेश मन्त्रालयका वरिष्ठ अधिकारी थिए ।

भर्चुअल माध्यमबाट बिहीबार भएको बैठकमा म्यान्माको भने उपस्थित भएन । सात मुलुक समेटेर बनाइएको विमिस्टेकका एक सदस्य राष्ट्र म्यान्मा भने बैठकमा उपस्थित रहेन । सैनिक ‘कु’पछि म्यान्मामा प्रदर्शन जारी छ । प्रदर्शन दबाउनकै लागि सेनाको गोली लागेर पा“च सयभन्दा बढीको ज्यान गइसकेको छ ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) र दक्षिणपूर्वी एसियाली राष्ट्रको संगठन आसियानका केही सदस्य मिलेर बिमिस्टेक बनेको हो । यसमा भारत, नेपाल, बंगलादेश, श्रीलंका, म्यान्मा, थाइल्यान्ड र भुटान छन् । हरेक दुई वर्षमा हुनुपर्ने बिमिस्टेक शिखर सम्मेलन सन् २०१८ मा नेपालमा चौथोपटक भएपछि रोकिएको छ ।

दक्षिण एसियाली सहयोग संगठन (सार्क) र पूर्वएसियाली राष्ट्रको संघठन (आसियान)का केही सदस्य राष्ट्र मिलेर बनेको बिमिस्टेकलाई पछिल्लो समय सार्कको विकल्पका रूपमा हेरिए पनि यो खासै प्रभावकारी संगठन बन्न सकेको छैन ।

नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यान्मा, थाइल्यान्ड र भुटान सदस्य रहेको संगठन सचिवालय ढाकामा छ । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्