०२ साउन २०८३, शनिबार

रामकुमारी झाँक्रीको टिप्पणी: हेक्का राखौं- बुई चढ्ने लड्छ

रामकुमारी झाँक्रीको टिप्पणी: हेक्का राखौं- बुई चढ्ने लड्छ

नेकपा एमाले (खनाल–नेपाल) पक्षकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले कसैको बुई चढेर आफ्ना नेताहरूलाई कारबाही गरेको टिप्पणी गरेकी छन् । 

बिहीवार राति एक ट्वीट गर्दै उनले साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य नहुने समेत बताएकी छन् । 

उनले भनेकी छन्,'षडयन्त्र, तिगडम र छलछामको राजनीति, पार्टी एकता देखि एकता भंगसम्म आयो । यि सबै नक्कली र निश्चित स्वार्थका लागि थिए। फेरी जसले पार्टी बनायो उसैलाई कारबाही ? साधुलाई सुली र चोरलाई चौतारो स्वीकार्य छैन। कसैको बुई चढेर जे गरिँदैछ त्यो गलत गरिँदैछ। हेक्का राखौं- बुई चढ्ने लड्छ । र षडयन्त्र, तिगडम र छलछामको राजनीतिक आयु छोटो हुन्छ।'

salt training

कमेन्ट गर्नुहोस्