
नेपाली कांग्रेसले काठमाडौंमा मेलम्चीको पानी वितरण भएसँगै पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सपना साकार भएको बताएको छ ।
बिहीवार एक भिडियो सन्देश सार्वजनिक गर्दै कांग्रेसले मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन भूमिका खेल्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।
सन्तनेता भट्टराईले मेलम्चीको पानी ल्याएर काठमाडौंलाई पिलाउँछु भन्दा धेरैले पत्याएका थिएनन्, तर त्यो दिन आज आइपुग्यो, कांग्रेसले भिडियो सन्देशमा भनेको छ ।
यस्तो छ भिडियो सन्देश