२१ असार २०८३, आइतबार

चार नेता निलम्बनमा परेपछि छलफलमा जुट्दै एमाले (खनाल-नेपाल पक्ष)का स्थायी कमिटी सदस्य

चार नेता निलम्बनमा परेपछि छलफलमा जुट्दै एमाले (खनाल-नेपाल पक्ष)का स्थायी कमिटी सदस्य

नेकपा एमाले (झलनाथ खनाल–माधव नेपाल पक्ष)का स्थायी कमिटी सदस्यहरूको बैठक शुक्रवार बस्दैछ ।

बैठक कलंकीस्थित मेगा पार्टी प्यालेसमा अहिले केहीबेरपछि शुरू हुँदैछ । माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गर्ने प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको कदमपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने नेताहरूले जनाएका छन् ।

नेपाल पक्षीय नेता युवराज ज्ञवालीले नेताहरूमाथि गरिएको कारवाही विधानविपरीत रहेको दाबी गरे । ओलीको कारवाहीका बावजुद आफूहरूले समानान्तर गतिविधि नरोक्ने ज्ञवालीले बताए । 

खनाल–नेपाल पक्षले देशव्यापी रूपमा भेला र प्रशिक्षण गर्ने जनाएको छ । बिहीवार मात्र कास्कीमा समानान्तर जिल्ला कमिटी गठन गरिएको थियो ।

खनाल–नेपाल पक्षले युवा संघ र अनेरास्ववियुको समानान्तर कमिटी बनाइसकेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्