२२ जेठ २०८३, शुक्रबार

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक जना पक्राउ

अष्ट्रेलिया पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा काठमाडौं तारकेश्वर नगरपालिका-८ ठेगाना भएका २३ वर्षीय अमित भुजेललाई बिहीवार प्रहरीले पक्राउ गरेको छ । 

भुजेलले सर्टटर्म ४५७ भिसामा २/२ वर्ष कामको लागि १०५ दिन भित्रमा पूरै प्रकृया गरी अष्ट्रेलिया पठाइदिन्छु त्यसका लागि प्रतिव्यक्ति ६ लाख रुपैयाँ लाग्छ भनि २ जनाबाट ९ लाख रुपैयाँ लिई ठगी गरेको भन्ने पीडितबाट प्राप्त जाहेरीको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्