३१ असार २०८३, बुधबार

पश्चिम बंगालमा भाजपाका उम्मेदवारमाथि ‘भाटे कारवाही’

चैत २०, २०७७
पश्चिम बंगालमा भाजपाका उम्मेदवारमाथि ‘भाटे कारवाही’

भारतको पश्चिम बंगालमा राज्यमा डायमन्ड हार्बर निर्वाचन क्षेत्रका भारतीय जनता पार्टी उम्मेदवार दीपक हल्दार र उनका कार्यकर्तालाई शुक्रवार बिहान लट्ठीले कुटपिट गरिएको प्रहरीले जनाएको छ । 

बिहान साढे ९ बजे हरिदेवपुर क्षेत्रमा हल्दरले अभियान चलाइरहँदा उनका समर्थक र स्थानीय जनतामाथि भनाभन भएको थियो । 

‘भनाभन बढ्दै गएपछि हल्दर र उनका समर्थकहरूलाई लट्ठीले कुटपिट गरियो,’ प्रहरीले बतायो ।
 

हल्दर पहिला तृणमूल कांग्रेसका विधायक थिए र विधानसभा निर्वाचनअघि उनी भाजपमा प्रवेश गरेका हुन् । 

कुटपिटमा परेपछि उनलाई अस्पताल भर्ना गरिएको छ । 

उनका समर्थकलाई पनि अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ । 

दुईजनालाई आक्रमणको आरोपमा पक्राउ गरिएको प्रहरीले जनायो । 

ममता बनर्जीको तृणमूल कांग्रेसले आक्रमण गराएको भाजपाले आरोप लगाएको छ । तृणमूलले यसलाई अस्वीकार गरेको छ । 

आक्रमणलगत्तै भाजपा समर्थकहरूले नेसनल हाइवे ११७ मा यातायात अवरुद्ध गरेको थिए तर तिनलाई प्रहरीले तत्कालै हटाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्