२९ असार २०८३, सोमबार

आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौं : उद्योगमन्त्री भट्ट

चैत २०, २०७७
आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौं : उद्योगमन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताएका छन् ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा शुक्रवार उनले आवश्यकता भए थप इजाजत दिने बताए ।

आफूले कतिपय पेट्रोल पम्पले विचारधाराका आधारमा तेल वितरण गर्ने गरेको देखेको उल्लेख गर्दै उनले विपरीत विचार हुनेले तेल नपाउने गरी पेट्रोलियम पदार्थमा राजनीति नगर्न व्यवसायीलाई आग्रह गरे । उनले आयल निगमसँग सम्बन्धित नीतिगत समस्यालाई समाधान गर्न सरकार लागिपरेको समेत बताए ।

‘निगमसम्बन्धी समस्याहरूलाई प्राविधिक रूपमा भन्दा पनि नीतिगत रूपमा समाधान गर्न हामी लागिपरेका छौं, राष्ट्रिय पेट्रोलियम नीतिको मस्यौदा तयार भइसकेको छ, थप छलफल गरी नीति ल्याउछौं,’ उनले भने ।

पेट्रोलियम व्यवसायीको छाता संगठनका रूपमा रहेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको नयाँ कार्यसमिति चयनका लागि शनिवार निर्वाचन हुँदैछ । कोरोना महामारीका कारण गत वर्ष हुन नसकेको संघको निर्वाचन १ वर्षपछि हुन लागेको हो ।

आगामी कार्यकालको अध्यक्षका लागि हालका अध्यक्ष लिलेन्द्र प्रधान र विश्व अर्यालले उम्मेदवारी दर्ता गरेका छन् । नयाँ नेतृत्वका लागि शनिवार निर्वाचन हुने एशोशिएसनले जनाएको छ । देशभर रहेका करीब १ हजार ५०० बाट छनोट भएका ३४४ पम्प व्यवसायी निर्वाचनमा सहभागी हुनेछन् ।

salt training

कमेन्ट गर्नुहोस्