
कर्णाली प्रदेशमा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहानका लागि बैठक बोलाइएको माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक सीता नेपालीले बताइन् ।
सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकार धरापमा छ । शाही माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका हुन् ।
सरकार जोगाउन सकिन्छ कि भनि रणनीति बनाउन संसदीय दलको बैठक बोलाएको बताइएको छ ।