२१ जेठ २०८३, बिहीबार

भारतबाट पेय पदार्थ ल्याउन रोक

चैत २१, २०७७
भारतबाट पेय पदार्थ ल्याउन रोक

  नेपालगञ्ज भन्सार कार्यालयले  भारतबाट  पेय  पदार्थ  ल्याउन रोक  लगाएको  छ।  सीमावर्ती  भारतीय  बजार रुपैडिया  पुग्ने  नेपालीले  फर्किंदा  कोकाकोला, फेन्टा, ड्युलगायतका पेय पदार्थ लिएर आउने गरेका  थिए।
 गर्मी  बढेसँगै  पेय  पदार्थको  माग अत्यधिक  बढेपछि  भारतीय  बजारमा  सस्तोमा पाइने भएपछि नेपालीले त्यहीँबाट ल्याउने गरेका थिए।  सीमापारि  जाने  अधिकांशले  पेय  पदार्थ ल्याउन थालेपछि नेपालगञ्ज भन्सार कार्यालयले ल्याउन रोक लगाएको जनाएको छ।
भन्सारको    निर्देशनपछि    नाकास्थित जमुनाह  प्रहरीले  पेय  पदार्थ  ल्याउन  कडा प्रतिबन्ध  लगाई  सुरुमा  फिर्ता  गराउन  थालेको छ।  अहिले  भारतबाट  ल्याइएका  पेय  पदार्थ फिर्ता  गराइए  पनि  एक÷दुई  दिनपछि  जफत गरेर  नष्ट  गर्ने  जमुनाह  प्रहरीले  जनाएको  छ। गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्