२९ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीले एकैपटक शिलान्यास गरे १ सय ६५ सडक

प्रधानमन्त्री ओलीले एकैपटक शिलान्यास गरे १ सय ६५ सडक

प्रधानमन्त्री केपी शर्मा ओलीले १ सय ६५ सडकहरूको एकैपटक शिलान्यास गरेका छन् । 

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनले 'स्वीच अन' गर्दै सडकहरूको शिलान्यास गरेका हुन् । 

प्रत्येक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक पुर्‍याउने लक्ष्य स्वरूप १ सय ६५ निर्वाचन क्षेत्रमा सडक निर्माण गर्न लागिएको हो । 

यस वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

salt training

कमेन्ट गर्नुहोस्