०२ असार २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थाल्ने

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने कांग्रेसको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल थाल्ने

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ । 

शुक्रवार बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको शनिवार एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जानकारी दिएको छ । 

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने समेत निर्णय गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेको महिना दिन पुग्न लाग्दा समेत प्रधानमन्त्रीले पदत्याग गरेर मार्गप्रशस्त नगरेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक उहाँको राजीनामा माग गर्दछ, साथै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय गर्दछ ।

यस्तै कांग्रेस केन्द्रीय समिति बैठकले चैत ३० गतेभित्र एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा भएको नयाँ क्रियाशील सदस्यता र एक वा एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको क्रियाशील सदस्यता नवीकरणको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने निर्णय गरेको छ । 

यस्तै २०७८ बैशाख १० गतेभित्रमा नयाँ क्रियाशील सदस्यता वितरणका सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनुपर्ने निर्णय गरेको छ । 

यस्तै, छानविन समितिले गरेको निर्णयमाथि परेको पुनरावेदन र समितिमा क्रियाशील सदस्यता नवीकरणसम्बन्धी परेका उजुरीमाथि अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी जेठ १७ गतेभित्र केन्द्रीय सभापतिलाई बुझाउने निर्णय गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्