२३ असार २०८३, मंगलबार

एमालेको खनाल–नेपाल पक्षले घोषणा गर्‍यो २ महिने अभियान, निर्णय सच्याउन अध्यक्ष ओलीलाई आग्रह

एमालेको खनाल–नेपाल पक्षले घोषणा गर्‍यो २ महिने अभियान, निर्णय सच्याउन अध्यक्ष ओलीलाई आग्रह
फाइल तस्वीर

नेकपा एमालेको  झलनाथ खनाल र  माधव नेपाल पक्षले पार्टी एकताको पक्षमा दुई महिने अभियानको घोषणा गरेको छ ।

कलंकीको एक पार्टी प्यालेसमा बसेको खनाल नेपाल पक्षको स्थायी कमिटी बैठकले २०७५ जेठ २ को संरचनामा फर्की एकताको पक्षमा फर्किन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह समेत गरेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले नेता योगेश भट्टराईले ‘नेकपा एमालेको एकतालाई जोगाऔं,कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नाराका साथ दुई महिने अभियान चलाइने जानकारी दिए ।

यस्तै अध्यक्ष ओलीले आफ्नो निर्णय सच्याउनुपर्ने पनि खनाल नेपाल पक्षको माग रहेको नेता भट्टराईले जानकारी दिए । 

उनका अनुसार विभिन्न अधिवेशन, महाधिवेशनहरूबाट आएका कमिटीहरु पुनः सन्चालन गर्ने र आवश्यकता अनुसार गठन पुनर्गठन हुने छ ।

माधव नेपाल लगायतका नेताहरूमाथि गरिएको कारवाहीको अर्थ नहुने समेत उनको भनाई छ ।

यस्तै २ महिनासम्म पार्टी नेताहरूबाट जिल्ला जिल्लामा गएर प्रशिक्षण दिने लगायतको निर्णय भएको नेता भट्टराईले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्