०३ असार २०८३, बुधबार

राजनीतिले कोल्टे फेर्‍यो, नयाँ सरकार छिट्टै बन्छ : प्रचण्ड

राजनीतिले कोल्टे फेर्‍यो, नयाँ सरकार छिट्टै बन्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेसले हिजो गरेको निर्णयपछि राजनीतिले कोल्टे फेरेको बताएका छन् । 

कपिलवस्तुमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै उनले  छिट्टै नयाँ सरकार बन्ने निश्चित भएको समेत दावी गरेका छन् ।

उनले आजैबाट नयाँ सरकार गठनका लागि छलफल गरिने बताए ।

उनले भने,'मलाई काठमाडौंमा साथीहरुले नयाँ सरकार गठनमा तपाईंले तुरुन्तै पहल लिनुपर्छ, अहिले कपिलवस्तु नजानुस् भन्नुभएको थियो । तर पूर्वनिर्धारित कार्यक्रम भएकाले आएँ । अब म आजै सकेसम्म तीन बजेको फ्लाइटबाट काठमाडौं फर्केर नयाँ सरकार गठनबाट घनिभूत बैठकहरु अगाडि बढाउँछु ।’

salt training

कमेन्ट गर्नुहोस्