२७ असार २०८३, शनिबार

रणनीतिक सडक सञ्जाल शुभारम्भपछि तनहुँका स्थानीय खुशी

चैत २१, २०७७
रणनीतिक सडक सञ्जाल शुभारम्भपछि तनहुँका स्थानीय खुशी

प्रधानमन्त्री केपी शर्मा ओलीले देशभर निर्माण हुने १६५ वटा सडक सञ्जालको शुभारम्भ गर्दा तनहुँमा २ वटा रणनीतिक सडक आयोजना छनोट भएको छ ।

तनहुँका २ रणनीतिक सडक योजना छनोट भएसँगै स्थानीयले खुशी व्यक्त गरेका छन् ।

तनहुँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत मादी मस्र्याङ्दी र तनहुँ क्षेत्र नम्बर २ अन्तर्गत गाईघाट गल्याङ सडकखण्ड छनोट भएको छ । २ निर्वाचन क्षेत्र रहेको तनहुँमा छनोट भएका २ रणनीतिक सडक आयोजनाका लागि ४०/४० करोड रुपैयाँ बजेट विनियोजन हुने भएको छ ।

ब्यास नगरपालिका–९ गजौडेका विजय आचार्यले मादी मस्र्याङ्दी मार्गलाई निर्वाचन क्षेत्र रणनीतिक योजनामा छनोट गरिएपछि खुशी व्यक्त गरेका छन् ।

‘वर्षौंदेखिको हाम्रो सपना वर्तमान सरकारले पूरा गर्ने भएको छ, अब कामले पनि गति लिन अपेक्षा लिएका छौं,’ उनले भने ।

ब्यास र भानु नगरपालिकाको सीमाबाट शुरू हुने मार्ग गोरखाको पालुङटारसम्म जोडिने छ । कूल ३२ किलोमिटर दूरीको सडकको १२ किलोमिटर दूरी कालोपत्र सम्पन्न भइसकेको छ ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले सडक कालोपत्रपछि यस क्षेत्रका स्थानीयको जीवनयापनमा सहजता आउने बताए ।

salt training

कमेन्ट गर्नुहोस्