×

NMB BANK
NIC ASIA

पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई माधव नेपाल पक्षको आह्वान

चैत २१, २०७७

NTC
Premier Steels

नेकपा एमाले नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ ।

Muktinath Bank

शनिवार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोले २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्ष ओलीलाई आह्वान गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै स्थायी कमिटी सदस्य योगेश भट्टराईले भने, ‘फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसला दुवै पार्टीहरूलाई पूर्ववत अवस्थामा फर्कनको निम्ति निर्देशन दिएको छ, अदालतले त्यो अनुसार नै जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन हामीले पार्टी अध्यक्षलाई समेत आह्वान गरेका छौं ।’


Advertisment
Nabil box
Kumari

बैठकले देशभर संगठन निर्माण, सुदृढीकरण अभियानका साथै प्रशिक्षणका २ महिने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको पनि नेता भट्टराईले बताए । उनले भने, ‘आगामी २ महिनाको लागि देशभर पार्टी संगठन निर्माण तथा सुदृढीकरण अभियान चलाउने निर्णय गरेको छ । यो अभियानको मूल नारा ‘नेकपा एमालेको एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारा तय भएको छ र २ महिना व्यापक अभियान चल्नेछ ।’

Vianet communication

बैठकले चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणा पत्रलाई पूर्णरूप दिएको छ । अवधारणापत्रलाई प्रकाशित गरी पार्टीगत रूपमा देशभर वितरण गरिने नेता भट्टराईले बताए । उनले भने, ‘चैत्र ४ र ५ गते सम्पन्न भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत भएको अवधारणपत्र (प्रतिवेदन) मा राष्ट्रिय भेलामा आएका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका सुझाव र अहिले स्थायी कमिटी र केन्द्रीय कमिटीका कमरेडहरूबाट प्राप्त सुझावलाई समेत समावेश गरिकन यसलाई अन्तिम रूप दिएको छ । अब यो प्रकाशित भएर पार्टीव्यापी रूपमा वितरणमा जानेछ ।’

पार्टीमा उत्पन्न भएको अन्तरविरोधको राजनीतिक, सैद्धान्तिक, सांगठनिक र कार्यशैलीगत भिन्नताको पक्षलाई समेटेर प्रशिक्षण सामग्री बनाई पार्टीव्यापी रूपमा देशभर प्रशिक्षणको लागि वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ ।

नेता भट्टराईले भने, ‘पार्टीमा उत्पन्न भएको अन्तरविरोध यसको राजनीतिक पक्ष, सैद्धान्तिक पक्ष, यसको वैचारिक पक्ष, संगठनात्मक पक्ष साथै पार्टीभित्र देखिएका कार्यशैलीगत भिन्नताहरू लगायतका विषयमा हामीले उठाउँदै आएका मुद्दाहरूलाई समग्रमा समेटेर प्रशिक्षण सामग्री बनाइने छ र त्यसलाई पनि प्रकाशित गरेर पार्टीव्यापी रूपमा प्रशिक्षणको निम्ति पठाइने छ ।’

बैठकले २०७५ जेठ २ गते कायम भएका कमिटीलाई पुनःसञ्चालन गर्ने र आवश्यकता अनुसार गठन, पुनर्गठन गरी देशभर प्रशिक्षण अभियान चलाउने निर्णय पनि गरेको छ । यसका निम्ति केन्द्रीय कमिटीका सदस्यहरूलाई केन्द्रीय प्रतिनिधिका रूपमा तोकेर जिल्ला पठाउने निर्णय पनि बैठकले गरेको छ ।

बैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा कम्युनिस्ट आन्दोलनको एकताका लागि ध्यान दिँदै देशव्यापी रूपमा कार्यक्रमहरू गरी मनाउने र काठमाडौंमा भव्य कार्यक्रम गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैशाख १३ गते मनमोहन अधिकारीको स्मृति दिवस देशव्यापी रूपमा मनाउने र विराटनगरमा केन्द्रीय स्तरको कार्यक्रम गर्ने भएको छ । जेठ ३ गते मदन आश्रित स्मृति दिवसलाई पनि एकताकै शिलशिलामा जोड्ने र चितवनमा राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x