२५ जेठ २०८३, सोमबार

संसदमा परराष्ट्रमन्त्री ज्ञवाली र स्वास्थ्य मन्त्री त्रिपाठीसँग प्रश्नोत्तर

संसदमा परराष्ट्रमन्त्री ज्ञवाली र स्वास्थ्य मन्त्री त्रिपाठीसँग प्रश्नोत्तर

प्रतिनिधि सभाको बैठकमा सोमवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा परराष्ट्रमन्त्री ज्ञवाली र स्वास्थ्य मन्त्री त्रिपाठीले सार्वजनिक महत्वको विषयमा वक्तव्य दिने कार्यक्रम छ । 

सार्वजनिक महत्वको वक्तव्यपछि मन्त्रीहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम छ । खासगरी कोरोना भाइरसविरुद्धको खोपको विषयमा सांसदहरूले मन्त्रीसँग प्रश्न सोध्ने तयारी गरेका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य र विशेष समयमा यसअघि सांसदहरूले खोपको विषयमा प्रश्न उठाएका थिए । 

बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची तय गरिएको छ । तर प्रतिनिधि सभा पुनःस्थापित भएपछिका बैठकमा ओली सहभागि भएका छैनन् । 

यस्तै प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति र राज्य व्यबस्था तथा सुशासन समितिका सभापतिहरूले आफ्नो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । 

salt training

कमेन्ट गर्नुहोस्