०४ असार २०८३, बिहीबार

सवारी दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते

चैत २३, २०७७
सवारी दुर्घटनामा १ जनाको मृत्यु, ३ जना घाइते

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा २ मोटरसाइकल एकआपसमा ठोक्किँदा १७ वर्षीय सगुन रुम्वाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१० का निवासी उनको सोमवार उपचारका क्रममा चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा ३ जना घाइते भएका र उनीहरूको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए । आइतवार राति हेटौंडाको बुद्धचोकबाट कर्रातर्फ जाँदै गरेको ना४९प ६२२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४१प ६४३६ नम्बरको  मोटरसाइकल भुटनदेवी मोडमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको बताइएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा घाइते भएकाहरू हेटौंडाका विज्ञान रुम्वा, विजय लामा र विक्रम लामा रहेको बताइएको छ ।  उपचारपछि रुम्वालाई प्रहरीले नियन्त्रणमा राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्