२८ जेठ २०८३, बिहीबार

अस्पतालमा आगो लाग्दा पनि मुटुको सर्जरी गरिरहे चिकित्सकहरूले (भिडियो)

चैत २३, २०७७
अस्पतालमा आगो लाग्दा पनि मुटुको सर्जरी गरिरहे चिकित्सकहरूले (भिडियो)

रुसमा चिकित्सक र नर्सहरूको एक समूहले आफ्नो कर्तव्य पालन गर्दै ब्लागोभेशचेन्स्कमा रहेको अस्पतालमा आगलागी हुँदा पनि मुटुको शल्यक्रिया जारी राखेका छन् । 

भवन आगोको लप्कामा घेरिँदा पनि चिकित्सकहरूले रोगीको शल्यक्रिया गरिरहे । 

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रोगीको ज्यान बचाउन आफ्नै ज्यान जोखिममा पार्ने अस्पताल कर्मचारीलाई धेरै मानिसले प्रशंसा गरिरहेका छन् । 

रुसको आपतकालीन मनधालयका अनुसार, आगलागी भयंकर रहेकाले त्यसलाई निभाउन ५९ जना अग्निनियन्त्रकहरू लागेका थिए । घटनामा कसैलाई चोटपटक नलागेको भए पनि निभाउन घन्टौं लागेको थियो । बिजुलीको गडबडीका कारण आगलागी भएको हो । 

१२० भन्दा बढी रोगीलाई अस्पतालबाट निकालिएको थियो । तिनमा ६७ जना रोगी थिए । कतिपयलाई हालै मात्र मुटुको शल्यक्रिया गरिएको मन्त्रालयले जनायो । 

अस्पतालको पहिलो तल्लामा एकजना रोगीलाई बाइपास सर्जरी गरिरहेको बेलामा छतमा आगो लागेको खबर पहिला आएको थियो । तर आठ सदस्यीय टोलीले शल्यक्रिया जारी राख्यो । 

‘कतै जाने ठाउँ थिएन, रोगीलाई बचाउनैपर्ने थियो । हामीले सक्ने जति सबै प्रयास गर्‍यौं,’ मुटुरोग केन्द्रको शल्यक्रिया विभागका प्रमुख भ्यालेन्टिन फिलातोभले बताए । 
 

आमुर क्षेत्रका गभर्नर भासिली ओर्लोभले चिकित्सकहरूका लागि पुरस्कारको घोषणा गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्