२४ असार २०८३, बुधबार

सांसदको टिप्पणी : सदनको चाल भेन्टिलेटरमा राखेको बिरामी जस्तै

सांसदको टिप्पणी : सदनको चाल भेन्टिलेटरमा राखेको बिरामी जस्तै

सांसदहरूले समसामयिक राजनीतिक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । 

संघीय संसद प्रतिनिधि सभाको सोमवारको बैठकको शून्य समयमा बोल्दै सांसदहरूले समसायिक राजनीतिक विषय, संसदको प्रभावकारिता, विकास निर्माण लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद राजबहादुर बुढा क्षेत्रीले जनतामा सदनप्रति विश्वास कायम राख्ने वातावरण मिलाउन राजनीतिक दलका नेताहरूको ध्यानाकर्षण गराए । उनले संसदको अंकगणित र जनताको अभिमतलाई मुलुकको समृद्धि र स्थिरताको पक्षमा मिलाएर लैजानु नै दलहरूको राजनीतिक धर्म, कर्म र दायित्व भएको भन्दै त्यसतर्फ सबैको ध्यानाकर्षण गराए ।

‘अहिलेको सदनको चाललाई हेर्दा भ्यान्टिलेटरमा राखेको बिरामी जस्तै भएको छ । गतिविधिका हिसाबले शून्यतामा पुग्नु मुलुकका लागि दुर्भाग्य हो । राजनीतिक दलहरूले सधै चालबाजीको खेल खेल्नु शोभनीय हुँदैन । मुलुकको माग स्थिरता छ । समृद्धि छ । संविधानको कार्यान्वयन छ । संसद भित्रको अंकगणितले गर्दा संसदीय गतिविधि सञ्चालनमा कठिनाइ उत्पन्न भएको हो भन्ने मान्ने हो भने अर्लि इलेक्सनबाट आउने अंकगणित पनि योभन्दा नमिलेर आउन सक्छ । त्यसपछि पनि अर्लि इलेक्सनमा जाने हो ? यो समाधानको बाटो होइन । जनताले दिएको अभिमत र अंकगणितलाई मुलुकको समृद्धि र स्थिरताको पक्षमा मिलाएर लानु दलहरूको राजनीतिक धर्म, कर्म र राजनीतिक दायित्व हो । सबै पक्ष मिलेर जिम्मेबारी बोध गरौं । जनतामा सदनप्रतिको विश्वास जगाऔं,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्