२८ जेठ २०८३, बिहीबार

इन्डोनेसियामा बाढी र पहिरोमा परी करीब ९० जनाको मृत्यु

चैत २३, २०७७
इन्डोनेसियामा बाढी र पहिरोमा परी करीब ९० जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरूले जनाएका छन् । 

बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।  

बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमवार जानकारी दिएका छन् । यस प्रकोपबाट इन्डोनेसियामा ६६ र  इस्ट टिमोर २१ जनाको मृत्यु इन्डोनेसियाको विपत् व्यवस्थापन निकायका प्रवक्ताले सोमवार बिहान बताएका छन् ।

इस्ट टिमोरको राजधानी दिलीको आवासीय क्षेत्रमा घेरै व्यक्तिको मृत्यु भएको बताइएको छ । 

बाढी पहिरोका कारण दर्जनौं घरसहित भौतिक संरचनामा क्षति पुगेको प्रारम्भिक विवरणहरूमा जनाइएको छ । बाढी र पहिरोमा परी केही व्यक्ति बेपत्ता पनि भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्