२८ जेठ २०८३, बिहीबार

असारभित्र ६० लाख व्यक्तिलाई कोभिड खोप लगाउन सरकार प्रयासरत छ : मन्त्री त्रिपाठी

असारभित्र ६० लाख व्यक्तिलाई कोभिड खोप लगाउन सरकार प्रयासरत छ : मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले असारभित्र ६० लाख व्यक्तिलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन सरकार प्रयासरत रहेको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा सरकारको तर्फबाट कोभिड नियन्त्रणका लागि भएका पहलकदमीबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले पहिलो खोप लगाएकाहरूको दोस्रो डोज सुरक्षित रहेकाले प्रचारका पछाडि नलागी विश्वस्त हुन आग्रह गरे ।

‘चैत्र २२ गतेसम्मको तथ्यांक हेर्दा जम्मा १८ लाख ६ हजार ७०१ जनाले कोभिड–१९ विरुद्धको प्राप्त गरिसकेका छन् । पहिलो चरणमा पहिलो मात्रा प्राप्त गरिसकेका व्यक्तिलाई २०७८ वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो मात्रा प्राप्त गर्ने कार्यक्रम रहेको छ । पहिलो चरणमा लगाएकाहरूको खोप सुरक्षित छ । त्यो लगाइएको छैन । भण्डारणमा छ । अन्यथा प्रचारप्रसारमा पर्नु जरुरी छैन,’ उनले भने ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हालसम्म ५ अर्ब १७ करोड ७२ लाख ३ हजार खर्च भएको पनि उनले जानकारी दिए । पीसीआर, किट, गाउन औषधि उपकरण व्यवस्थापन, खोप खरिद, अभियान, स्वास्थ्यकर्मीको जोखिम भत्ता लगायत सम्पूर्ण विषय अन्तर्गतको खर्च यसमा समेटिएको छ । 

मन्त्री त्रिपाठीले दिएको जानकारी अनुसार २ अर्ब ५४ करोड ५ लाख रुपैयाँ भुक्तानी हुन बाँकी छ । कोभिड नियन्त्रणका लागि भएका सम्पूर्ण खर्चबारे श्वेत पत्र जारी गर्न आफू र मन्त्रालय तयार रहेको पनि उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्