२८ जेठ २०८३, बिहीबार

काठमाडौंमा एकैदिन थपिए १३६ कोरोना संक्रमित

चैत २३, २०७७
काठमाडौंमा एकैदिन थपिए १३६ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण देखिएको छ ।

काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ संक्रमित देखिएका छन् ।

देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ ।

सोमवारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । पछिल्लो समय थप १०२ निको भएका छन् ।

यससँगै निको हुनेको संख्या २ लाख ७३ हजार ३४२   रहेको छ । निको हुने दर भने ९८ दशमलव ३ प्रतिशत रहेको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८३२ रहेको छ । उनीहरूमध्ये ६४ जना क्वारेन्टीनमा छन् भने अन्य आइसोलेसनमा रहेका छन् ।

हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ जनाको पीसीआर परीक्षण भएको छ । ३ हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्