
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १३६ जनामा कोरोना संक्रमण देखिएको छ ।
काठमाडौंमा ९८, ललितपुरमा २६, भक्तपुरमा १३, चितवनमा ३७ र कास्कीमा १९ संक्रमित देखिएका छन् ।
देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार ५३६ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको छ ।
सोमवारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ । पछिल्लो समय थप १०२ निको भएका छन् ।
यससँगै निको हुनेको संख्या २ लाख ७३ हजार ३४२ रहेको छ । निको हुने दर भने ९८ दशमलव ३ प्रतिशत रहेको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ८३२ रहेको छ । उनीहरूमध्ये ६४ जना क्वारेन्टीनमा छन् भने अन्य आइसोलेसनमा रहेका छन् ।
हालसम्म नेपालमा २२ लाख ८२ हजार ८२४ जनाको पीसीआर परीक्षण भएको छ । ३ हजार ३६ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।