
प्रतिनिधिसभामा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेश गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले सदनसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदनसमक्ष पेश गरे ।
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७’ पेश गरे ।
यसअघि बैठकको प्रारम्भमा सभामुख अग्निप्रसाद सापकोटाले समानुपातिक निर्वाचन प्रणालीबाट दलित समावेशी सूचीअन्र्तगत प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित जानकीदेवी रामलाई सदनमा स्वागत गर्दै सफल कार्यकालका लागि शुकामना व्यक्त गरे ।
निर्वाचन आयोगले सानु सिवाको निधनपछि रिक्त पदमा उनी निर्वाचित भएको संसद् सचिवालयलाई चैत १९ गते जानकारी पठाएको थियो । प्रतिनिधि सभाको अर्काे बैठक चैत २६ गते दिनको १ बजे बस्ने छ ।