२३ जेठ २०८३, शनिबार

कैलालीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु

कैलालीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु

कैलालीको अत्तरियामा रोकिराखेको ट्रकमा कार ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने अर्का १ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–२ पहाडी रोडमा रहेको खानेपानी ट्यांकी नजिक रोकिराखेको से१ख १७३१ नम्बरको ट्रकमा बा१४च ४६३४ नम्बरको कार ठोक्किँदा कारमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला सुर्खेतको छिन्छुकी २६ वर्षीया सुनिता पुन मगर रहेकी जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको विष्टले जानकारी दिए ।

कारका चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ का नरेन्द्र कुँवर गम्भीर घाइते भएका छन् । उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्