२८ जेठ २०८३, बिहीबार

दुबईमा आपत्तिजनक तस्वीर खिचाउने मोडलहरू पक्राउ

चैत २४, २०७७
दुबईमा आपत्तिजनक तस्वीर खिचाउने मोडलहरू पक्राउ

यूएईको दुबईमा रहेको एक भवनको बाल्कोनीमा नग्न तस्वीर खिचाएर विवादमा आएका महिलाहरू रुस, बेलारुस, मोल्दोभा र युक्रेनको भएको बताइएको छ । 

युक्रेनका ११ मोडलहरूलाई दुबई प्रहरीले सार्वजनिक स्थानमा भ्रष्ट आचरण गरेकोमा पक्राउ गरेको छ । उनीहरूलाई ६ महिनाको कारावास सजाय र भारी जरिवाना लगाइने सम्भावना छ । 
 

फोटोशूट प्रोजेक्टमा ४० जना मोडल सहभागी थिए । उनीहरूको उमेर २० नजिक छ । 

यसै घटनामा रुसका फोटोग्राफरलाई पनि पक्राउ गरिएको छ । उनको नाम एलेक्सी कोन्तसोभ हो । 

उनैले दुबईको बाल्कोनीमा विवादास्पद फोटोशूट गराएको आरोप छ । 
 

एलेक्सीले आफू अर्को अपार्टमेन्टमा रहेको र यी महिलाहरूको भिडियो तथा तस्वीर सामाजिक सञ्जालमा शेयर मात्र गरेको बताए । तर नग्न भिडियो सामाजिक सञ्जालमा शेयर गर्नु पनि यूएईमा अपराध हो । त्यसका लागि डेढ वर्षको कारावास सजाय हुन सक्छ । 

केही समाचारहरूमा ती सबै मोडलहरू अमेरिकाको एक पोर्न वेबसाइटका लागि शूटिङको तयारीमा रहेको उल्लेख छ । 

यूएईमा स्थानीयका साथै पर्यटकहरूले पनि सार्वजनिक आचरणसम्बन्धी कानून कठोरतापूर्वक पालन गर्नुपर्ने हुन्छ । 

दुबई प्रहरीले एक बयान जारी गरी यी मोडलहरूको आचरण समाजमा सह्य नभएको र यस्तो भ्रष्ट व्यवहार यूएईको समाजका मूल्य र मान्यताअनुकूल नभएको बतायो ।
 

salt training

कमेन्ट गर्नुहोस्