२९ जेठ २०८३, शुक्रबार

धोनीको हेलिकप्टर शट बन्यो चकलेट

चैत २४, २०७७
धोनीको हेलिकप्टर शट बन्यो चकलेट

भारतीय क्रिकेट टीमका पूर्व कप्तान महेन्द्र सिंह धोनीको पहिचान बनेको हेलिकप्टर शटबाट प्रभावित भएर एक कम्पनीले चकलेट मंगलवारदेखि बजारमा ल्याएको छ । 
 

७इंकब्रुज नामक स्टार्टअप कम्पनीमा धोनी आफू पनि शेयरधनी छन् र त्यसैले चकलेट ल्याएको हो ।

मुम्बईमा रहेको यो कम्पनी मोहित भागचन्दानीले स्थापना गरेका हुन् ।

चकलेट तथा अल्कोहल राखिएका अनि नराखिएका बेभरेजहरू कप्टर७ ब्रान्डअन्तर्गत बजारमा ल्याइएका हुन् । धोनीको पहिचान बनेको हेलिकप्टर शट र उनको शर्ट नम्बर ७ जोडेर ब्रान्ड बनाइएको हो । 

चकलेटको प्याकेजिङ र लेबलिङ पनि धोनीको जर्सी र रंगबाट प्रेरित छ ।

चकलेट बनाउनका लागि कम्पनीले चकलेट निर्माता तथा शेफ डेभिड बेलोसँग सहकार्य गरेको हो । 

‘दक्षिण भारतबाट लिइएको काकाओबाट बनाइएको यी चकलेटहरू अर्गानिक, भिगन र जीएमओबाट मुक्त छन् । यसले तपाईंलाई भारतको काकाओ बीनको गुणस्तरलाई आस्वादन गर्ने अवसर दिन्छ,’ कम्पनीको प्रेस रिलीजमा उल्लेख गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्