२१ असार २०८३, आइतबार

हिमालयमा लडाइँका लागि तालिम लिन रुसको चिसोमा सैनिक पठाउँदै चीन

चैत २५, २०७७
हिमालयमा लडाइँका लागि तालिम लिन रुसको चिसोमा सैनिक पठाउँदै चीन

चीनले सैनिकहरूको एक समूहलाई रुसमा सैन्य प्रतियोगितामा भाग लिन पठाउने भएको छ । एकदम चिसो ठाउँमा पहाडी भूभागमा लडाइँको अनुभव लिनका लागि ती सैनिकहरू त्यहाँ जान लागेका हुन् । 

चीनको रक्षा मन्त्रालयका अनुसार, हार्पिनमा रहेको ७८औं ग्रुप आर्मी युनिटका ११ सैनिकहरू शुक्रवार रुस गएर पश्चिमी सायान हिमशृंखलाको ५० किलोमिटर क्षेत्रमा अभ्यास गर्नेछन् । 
 

हिमपहिरो खस्दा कसरी मानिस पत्ता लगाउने, डोरी समातेर कसरी झर्ने, उद्धारका साथै गोली चलाउन र ग्रिनेड फाल्न पनि अभ्यास गरिनेछ । 

टोली नेता त्सुई यिङबिनले सेनाको पत्रिका द पीएलए डेलीलाई यी अभ्यासमार्फत चीनले सैनिकहरूलाई युद्धका लागि तयारी अवस्थामा राख्न चाहेको बताए । ‘विभिन्न देशका सैनिकहरूसँग एउटै मञ्चमा प्रतिस्पर्धा गर्दा हामीले हाम्रो

सेनाको युद्धतयारीलाई थप परीक्षण गर्न पाउँछौं अनि अन्य मुलुकसँग पारस्परिक मित्रता तथा सैन्य आदानप्रदान गहिरो बनाउन पनि सक्नेछौं ।’

चीनले आफ्नो सैन्य शक्ति विकसित गर्नका लागि रुसको सहयोग लिने गरेको छ । हार्डवेयर डिजाइनदेखि सशस्त्र बलको संरचना निर्माणसम्म रुसले सहयोग गरेको छ । 
 

सायान मार्च प्रतियोगिताले प्रतिकूल परिस्थितिमा रुसले गरेको अभ्यासका विषयमा थप सिक्ने अवसर दिने सैन्य विश्लेषक सोङ चोङफिङले बताए । 

चीनले भारतसँगको सीमाविवादमा तिब्बती पठारमा लडाइँ गर्नुपर्ने हुन सक्छ । त्यहाँको मौसम अत्यन्तै चिसो छ अनि हाई अल्टिट्युड छ । नयाँ तनावको सामना गर्नका लागि अनुभव बटुल्न तथा भारतबाट हुने उत्तेजक गतिविधिको जवाफ फर्काउनका लागि तयारी गर्न पनि चीनलाई जरूरी भएको छ,’ पूर्व सैन्य प्रशिक्षक सोङले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्