२६ असार २०८३, शुक्रबार

संसदीय समितिले बाल संगठनका पदाधिकारीहरूको सदाचारितामा उठायो प्रश्न

संसदीय समितिले बाल संगठनका पदाधिकारीहरूको सदाचारितामा उठायो प्रश्न
फाइल फोटो

प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले नेपाल बाल संगठनका देशभरी रहेका पदाधिकारीहरूको सदाचारितामा प्रश्न उठाएको छ ।

समितिले नेपाल बाल संगठनको नक्सालको बालमन्दिर र सिफलमा रहेको संरक्षण गृहको स्थलगत भ्रमणपछि संगठनको पदाधिकारीको सदाचारितामा खोट देखाएको हो ।

समिति सभापति निरुदेवी पालको नेतृत्वमा भएको स्थलगत भ्रमणमा बाल संगठनको केन्द्रदेखि जिल्ला स्तरसम्म रहेका संरचनामा अव्यवस्था, जमिन घर भाडामा दिँदा अपारदर्शी सम्झौता गरेको, संगठन आफैसँग चल अचल सम्पत्ति पर्याप्त भएर पनि निर्वाहमुखी भएको पाइएको छ ।

बुधवार महिला समितिको बैठकमा स्थलगत भ्रमणको प्रतिवेदन पारित गर्दै समिति सभापति पालले प्रतिवेदनलाई केन्द्रीय बालकल्याण समिति र महिला बालबालिका मन्त्रालय पठाउने बताइन्।

समितिले पास गरेको प्रतिवेदनमा मुख्य गरी बालसंगठनको चलअचल सम्पत्तिको तथ्याङ्क राख्ने, दुराशयपूर्ण सम्झौताहरूलाई पुनर्मूल्यांकन गर्नुपर्ने, बालगृहमा रहेका बालबालिकालाई धर्मपुत्र, धर्मपुत्रीको रूपमा दिने सम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी बनाउनुपर्ने सुझाव दिएको छ ।

प्रतिवेदनमा बालगृहका बालबालिकाको स्वास्थ्य तथा शिक्षाको व्यवस्थित प्रबन्ध मिलाउने र घरपरिवार भेटिएका बालबालिकाको पुनर्मिलन गराउनुपर्ने सुझाव दिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्