×

NMB BANK
NIC ASIA

न पति, न माइती, न नागरिकता

चैत २६, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : अन्नपूर्ण पोस्ट
Premier Steels
Marvel

 ‘दुई छोरी मैले कसरी पालूँ ? कहाँ गएर बसूँ ? के खानु ? के लाउनु ? म त सहनै नसक्ने भइसकें।’२५ वर्षीया एक युवतीले आफ्नो खपिनसक्नु पीडा यसरी सुनाइन्। आँखाबाट खस्नै लागेको आँसु माझी औंलाले पुछ्दै भक्कानिइन्। हातमा भएको कागजको फाइलभित्र अनुहार छोप्दै निकै बेर रोइन्।

Muktinath Bank

उनी सम्पर्कविहीन भएका श्रीमान्को खोजीमा रहिछन्। त्यसकै लागि कहिले प्रहरी कार्यालय धाउँछिन् त कहिले अंश अधिकार कार्यान्वयन गरिपाऊँ भनेर अदालततिर भौंतारिन्छिन्। उनको नागरिकता नहुँदा समस्या भएको छ। श्रीमान्ले बनाइदिएनन्, माइतीले बिहे भइसकेको भनेर वास्ता गरेनन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले श्रीमान्सँग अंश माग्दै २०७६ वैशाखमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्। अदालतले उनलाई नागार्जुन नगरपालिका–२ का ६० वर्षीय एक व्यक्तिकी श्रीमती ठहर गर्दै मंसिरमा अंश पाउने फैसला गरेको छ। यही फैसला कार्यान्वयन गर्न निवेदन बोकेर उनी भौंतारिरहेकी छन्।


Advertisment
Nabil box
Kumari

उसो त नागरिकता नभएकाले उनको निवेदन दर्ता हुनै समय लागेको थियो। मुद्दा दर्ता भई आफ्नो पक्षमा फैसला भए पनि कार्यान्वयन गर्न गाह्रो भएको छ। उनी कहिले कुन फाँटमा जान्छिन् त कहिले कुनमा। जहाँ गए पनि उनलाई सोधिने एउटै प्रश्न हो– ‘अंश लिन नागरिकता लिएर आउनुस्।’

Vianet communication
Laxmi Bank

तर, उनको पीडा छ, ‘नागरिकता लिन कता जाऊँ ? उमेर नमिल्नेसँग बिहे गरेका कारण माइतीसँग सम्बन्ध राम्रो छैन। श्रीमान् बेखबर छन्। प्रहरी कार्यालय र अदालत धाउन थालेको तीन वर्ष हुन थाल्यो। उनको साथमा अढाई वर्षकी छोरी र दिदीपट्टिका अर्की छोरी छन्।

उनका श्रीमान् पहिले भिनाजु रहेछन्। भिनाजुका पहिली श्रीमती र परिवार पनि छन्। उनकी दिदीलाई दोस्रो विवाह गरी कोठा लिएर राखे। दाम्पत्य जीवन केही वर्ष राम्रै चल्यो। जब दिदीले छोरी जन्माइन् तब भिनाजु आफ्नो सन्तान नभएको जिकिर गर्दै तर्किन खोजे। दिदीभिनाजुको सम्बन्ध जसोतसो चल्दै थियो। दिदी एक दिन कोठामा मृत फेला परिन्।

‘मेरी दिदीलाई मारेर उसले तर आत्महत्या बनायो। उहाँको मृत्यु गुमनाम भयो’, उनले भनिन्, ‘हाल दिदीकी छोरी, मेरी छोरी र म तीन जना अधिकारका लागि लडिरहेका छौं।’

दिदीको मृत्युपछि भिनाजु छोरी भेट्न ससुराली आउने गर्थे। सालीलाई जिस्क्याउन थाले। शरीर छुने गर्न थाले। ‘म त सानै थिएँ के गरेको, किन चलेको केही थाहा हुन्थेन। उसले तिमीलाई बिहे गर्छु। म सुखले पाल्छु। घर बनाइदिन्छु भनेर मलाई लिएर गयो’, उनले भनिन्, ‘लाजिम्पाटमा कोठा खोजेर राख्यो। कोठा लिएर लामो समय शारीरिक शोषण गर्‍यो। मैले विरोध जनाउन थालेपछि सिन्दूर पोते गरेर श्रीमती बनायो।’

भिनाजुले उनलाई तेस्री श्रीमती बनाएर २०७३ साल असारमा बिहे गरे। छोरी जन्मिँदा न्वारान गर्न कोठामा पुगे। त्यसपछि श्रीमतीविरुद्ध जिल्ला अदालतमै गाली बेइज्जती मुद्दा दर्ता गरेका थिए।

नाबालक उमेरमै शारीरीक शोषण गरी श्रीमती बनाए। तर, न माया दिए न त श्रीमतीले पाउने अन्य अधिकार। गर्भवती अवस्थामा उनले श्रीमान् बेखबर भन्दै हनुमानढोका प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्।

श्रीमान्को व्यवहारबाट आजित भएकी उनी अंश हक कार्यान्वयन हुने र जिन्दगीलाई सहज बनाउने आसमा छिन्। ‘अंश दिने त भनिएको छ, फैसलामा तर कहिले हात पर्ने हो’, उनले भनिन्, ‘उमेर नमिल्ने र मलाई नाबालक उमेरमै यौनशोषण गरेको भए पनि श्रीमान् हो भनेर सहेकी थिएँ। मान्छे लगाएर मार्न तर्साउन खोज्यो मलाई। अहिले मोबाइल अफ गरेर भागेर हिँड्छ।’ अन्नपूर्ण पोस्ट दैनिकमा अजवी पौड्यालले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x