२१ जेठ २०८३, बिहीबार

म्यान्मार : सेनाले शुक्रवार गर्‍यो ८२ जनाको हत्या, लाशको खातैखात

चैत २९, २०७७
म्यान्मार : सेनाले शुक्रवार गर्‍यो ८२ जनाको हत्या, लाशको खातैखात

म्यान्मारमा सुरक्षाबलहरूले शुक्रवार यंगून शहर नजिक प्रदर्शनकारीहरूमाथि राइफल ग्रिनेड चलाउँदा ८२ जनाको मृत्यु भएको छ । 
 

म्यान्मारका स्थानीय सञ्चारमाध्यम तथा असिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स नामक संस्थाले यो जानकारी दिएका हुन् । 

उत्तरपूर्वमा रहेको बगो शहरमा सुरक्षाबलहरूको आक्रमणमा मारिएका मानिसको संख्या अनुमान गर्न सकिएको थिएन । 
 

प्रत्यक्षदर्शीहरूका अनुसार, सुरक्षाबलहरूले मारिएका व्यक्तिको शवलाई जेयार मुनी पगोडाको परिसरमा एकमाथि अर्को खात गरी राखेको थियो र उक्त क्षेत्रलाई चारैतर्फबाट घेरेको थियो । 
 

म्यान्मार नाउ पत्रिकाका अनुसार, सेनाले शुक्रवार बिहानैबाट गोली चलायो र अपराह्नसम्म चलाइरह्यो । 

विरोध प्रदर्शनका आयोजक ये हुतुतले बताए, ‘यो नरसंहार जस्तै हो । उनीहरू छायाँलाई समेत गोली हानिरहेका छन् ।’
 

म्यान्मारका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका अनुसार, धेरै मानिस शहर छोडेर भागेका छन् । 

सुरक्षाबलले पक्राउ गरेको र मारेको व्यक्तिहरूको सूची एएपीपीले तयार पारिरहेको छ । संस्थाका अनुसार, फेब्रुअरीमा गरिएको कूपछि सेनाले ६१८ जनाको ज्यान लिइसकेको छ । तर सेनाले यति ठूलो संख्यामा प्रदर्शनकारीहरू नमारिएको बताएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्