
काठमाडौंको गोंगबुस्थित एक गेष्ट हाउसमा एक पुरूषको शव फेला परेको छ।
शनिबार राति गोंगबुको मित्रनगरमा रहेको गोदावरी सन्तोषी गेष्ट हाउसमा स्याङ्जाका एक पुरूषको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले लोकान्तरलाई जानकारी दिएका हुन् ।
उनका अनुसार मृतक स्याङ्जा घर भई नवलपरासी बस्दै आएका ३० वर्षीय नारायण घर्ती मगर हुन् । उनको शव पोष्टमर्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा लगिएको छ ।
प्रवक्ता बस्नेतका अनुसार, मृतकका परिवार काठमाडौं आउँदै गरेका छन् ।