२१ जेठ २०८३, बिहीबार

सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

चैत २९, २०७७
सोमबार १० अर्ब बराबरको ट्रेजरी बिल बिक्री हुने

नेपाल राष्ट्र बैंकले रु १० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत सोमबार उक्त परिमाणको टे«जरी बिल विक्री गर्न लागिएको जनाएको छ ।

त्यसमा रु आठ अर्ब बराबरको टे«जरी बिल भने ९१ दिने अवधिको रहेको छ । सो बिल आगामी असार २९ गते परिपक्व हुनेछ । यस्तै रु दुई अर्ब २५ करोडको टे«जरी बिल भने १८२ दिनका लागि हो । सो बिल भने आगामी असोज २६ गते परिपक्व हुनेछ । बैंकले यसअघि यही चैत २३ गतेसमेत रु २१ अर्ब १० करोड बराबरको टे«जरी बिल विक्री गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्