३० जेठ २०८३, शनिबार

शीतलनिवास पुगेर अर्थमन्त्रीले दिए राष्ट्रपतिलाई बजेटको जानकारी

जेठ १४, २०८३
काठमाडौं
शीतलनिवास पुगेर अर्थमन्त्रीले दिए राष्ट्रपतिलाई बजेटको जानकारी

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् ।
 
बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

भेटमा अर्थमन्त्री डा.वाग्लेले संसद्‌मा पेस गरेको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे ।

अर्थमन्त्री डा. वाग्लेले भोलि (जेठ १५ गते शुक्रबार) अपरान्ह ४ बजे संसद्‌को संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दैछन् । 

बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको अर्थ मन्त्रालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्